काठमाडाैं ।। सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउन गाउँगाउसम्म पुग्ने रणनिती लिएको छ । सरकारले सबै स्थानीय तहमा अब निरिक्षण अधिकृत तोकेर बजार अनुगमनलाई प्रभावकारी बनाउन लागेको हो । अत्यावश्यक समग्रीको मूल्यको विषयमा पनि अत्यावधिक गर्ने तयारीमा सरकार रहेको बाणिज्य आर्पुती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले सेवा र वस्तुको प्रकृति हेरेर देशव्यापी रुपमा नै अनुगमलाई प्रभावकारी बनाउने तयारीमा रहेको जानकारी गराउनुभयो । प्रदेश र स्थानीय तहका सम्बन्धित मन्त्रालय र निर्देशनालयसँग समन्वय गरी बजार अनुमन प्रभावकारी बनाउने उहाँको भनाई छ । अनुगमनको समयमा म्याद नाघेका वस्तुहरु भेटियो भने ३ लाखसम्म जरिवाना गर्ने व्यवस्था उपभोक्ता संरक्षण ऐन २०७५ मा छ । ऐनमा भएको व्यवस्थालाई पूर्ण पालना गर्ने र बजार अनुगमनलाई प्रभावकारी बनाउन अबको दिनमा लागि पर्ने उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here