सुर्खेत ।। सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा छोरीको बैंक खाता खोल्ने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगपालिकाले “छोरी जन्मनु गर्भको नगर” भन्ने नारा सहित छोरी बचत कार्यक्रम सुरु गरेपछि स्थानीय खुसी भएका छन् । विरेन्द्रनगर नगरपालिकाले छोरी बचत कार्यक्रम माफत अहिलेसम्म १ सय २१ जना छोरीको नामा खाता खोलिदिएको छ । छोरी जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराएर नगरपालिका जानुपर्ने व्यवस्था छ । विरेन्द्रनगर नगरपालिकाका महिला बालबालिका शाखा अधिकृत सरला रेग्मिका अनुसार बालिकाका अभिभावक वा संरक्षकले जन्मदर्ता र अन्य कागजात संलग्न गरी आफू बसोबास गरिरहेको स्थानीय तहमा निवेदन दिन सक्नेछन् । लैंगिक विभेद घटाउन सुरु गरिएको अभियानले किशोरीमैत्री नगर निर्माण योजनालाई सघाउ पुर्याएको छ । छोरीमाथि हुने विभेद, बालविवाह न्यूनीकरण र उच्च शिक्षाको ग्यारेन्टी गर्ने दीर्घकालीन उद्देश्यसाथ सुरु गरिएको कार्यक्रमले छोरी माथिको विभेद क मगर्दै गएको नगरपालिकाका अधिकृत टंक प्रकाश लामिछानेको दावी छ । नगरपालिकाले बनाएको कार्यविधिअनुसार २०७४ सालदेखि जन्मेका छोरीका नाममा बैंक खाता खोली बैंक खातामा रकम अभिभावकले नै राख्नुपर्नेछ । सुरुमा खाता सञ्चालन गर्दा १ हजार रुपैयाँ नगरपालिकाले राखिदिनेछ । नगरपालिकामा स्थायी घर भएका अभिभावकबाट जन्मेका छोरीले मात्र कार्यक्रममा आबद्ध हुन पाउने छन् ।
छोरीको बैंक खाता खोल्ने कार्यक्रम प्रभावकारी बन्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।