काठमाडाैं ।। सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा दुइ सय ७७ किलोमिटर सडक कालेपत्रे गरेको छ । विभागले दुइ सय ८८ किलोमिटर सडक ग्राभेल गरेको सडक विभागको चौमासिक प्रतिवेदनले देखाएको हो । प्रतिवेदन अनुसार ५८ किलोमिटर माटे सडक निर्माणकार्य पुरा भएको छ । यस्तै ३५ वटा पुल निर्माण गरेको विभागले ५८ किलोमिटर सडकका लागि नयाँ ट्रयाक खोलेको भने ६४ किलोमिटर सडकको मर्मतकार्य सम्पन्न गरेको पनि जनाएको छ । यसैबिच नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा सरकारले सडकको अनुगमन तथा निर्माण कार्यलाई तिव्रता दिन सुरु गरेको छ । निर्माण कार्य रोकिएका र ठेकेदारको लापरवाहीले काम अघि नबढेका सडक निर्माण कार्यलाई तिव्रता दिन थालिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जनाएको हो । निर्माणकार्य रोकिएका सडकको अनुगमन गर्दै निर्माणकार्य अघि बढाइएको भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले सीआइएनसँग बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्र लुम्बिनी र काठमाण्डु उपत्यकाको सडकलाई पहिलो प्राथमिकता दिएर सडक निर्माण तथा मर्मतकार्य अघि बढीरहेको बताउनुभयो । सडक विभागले पहिलो चौमासिकमा सडक निर्माणका लागि आठ अर्व ६८ करोड ८४ लाख बजेट खर्च गरेको छ ।
दुई सय ७७ किलोमिटर सडक कालोपत्रे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।