रौतहट ।। रौतहटलगायत तराईसहित देशभरिमा यति वेला शीतलहर र हावाको कारण चिसो बढन थालेको छ । अहिले तराईका विभिन्न जिल्लको वातावरण बिग्रेरको कारणले मानिस, पशुपक्षी तथा बालीनालीमा समेत प्रभावित भएकोे छ । चिसो बढेको कारणले गर्दा रौतहटको सदरमुकाम गौर तथा ग्रामीण भेगमा मानिसको चहलपहल कम देखिएको छ । देशका पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी समेत आउने सम्भावना रहेको विभागको सूचनामा उल्लेख गरिएको छ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडी सहित हिमाली भू–भागका स्थानहरुमा सतर्कता अपनाउनु आग्रह गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here