काठमाडाैं ।। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आज अन्तिम दिन विभिन्न ५ विधाका खेलहरु हुँदैछन् । आज फुटबल, बक्सिङ, बास्केटबल, जुडो र स्क्वासको खेल हुँदैछ । आज हुने सबै खेल काठमाडौंमा हुनेछ । आज पुरुष फुटबलको स्वर्ण पदकको लागि नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल अपरान्ह ३ बजेबाट सुरु हुनेछ । सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको भुटान र पाँचौ पटक फाइनल पुगेको नेपालबीचको आजको खेल निकै रोमाञ्चक हुने मानिएको छ । त्यस्तै बास्केटबलको फाइनल खेल पनि आज हुँदैछ । पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल त्रिपुरेश्वरस्थित राखेपको कर्वड हलमा अपरान्ह १ बजेबाट हुनेछ । महिला बास्केटबलमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह साढे ३ बजेबाट हुनेछ । बास्केटबलमै महिला तर्फ भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ । बक्सिङमा अन्तिम दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अपरान्ह १ बजेदेखि सुरु हुनेछ । जुडोमा आज १ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेल हुने खेलहरु अहिले बिहान ९ बजेदेखि सुरु हुनेछ । फाइनल खेल भने अपरान्ह १२ बजेर ३५ मिनेटमा सुरु हुनेछ । स्क्वासको टिम स्पर्धाको फाइनल खेल आज हुँदैछ । जसमा पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here