काठमाडाैं ।। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समापन समारोह आज गरिँदैछ । समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री समारोह स्थलमा आउने सम्भावना नभएकाले भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्नुहुनेछ । यसैबीच समापन समारोहमा सरकारले नेपाली पदकधारी खेलाडीलाई विशेष प्याकेज दिने तयारी गरेको छ । सागमा पदक जित्ने खेलाडीलाई नेपाल सरकारले दिँदै आएको रकममा वृद्धि गरेर वितरण गर्ने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here