काठमाडाैं ।। भारतमा विवादास्पद बनेको नागरिकता विधेयक संसदको तल्लो सदनबाट पारित भएको छ । तल्लो सदनबाट पारित भएको विधेयक आज माथिल्लो सदनमा पारित गर्ने तयारी छ । लोकसभामा हिजो अबेर राति भएको मतदानमा उक्त नागरिकता संशोधन विधेयकको पक्षमा ३ सय ११ र विपक्षमा ८० मत खसेको थियो । विवादास्पद विधेयकले पाकिस्तान, बाङ्लादेश र अफ्गानिस्तानबाट आएका धार्मिक अल्पसङ्ख्यकहरूलाई नागरिकता दिन खोजेको छ । सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले धार्मिक हिंसाका कारण भाग्नुपर्ने अवस्था भोगेकालाई यसले संरक्षण दिने जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यस गृहमन्त्री अमित शाको यो कदमलाई—सबैलाई मिलाएर राख्ने र मानवीय मूल्यले भरिएको भारतको शताब्दियौँ पुरानो परम्परा अनुरूप रहेको प्रतिक्रिया दिनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here