सुर्खेत ।। बाँकेको कोहलपुरमा भएको घटनामा बालअधिकार हनन् भएको भन्दै कर्णालीका १४ वटा सरोकारवाला संस्थाहरुले ध्यानाकर्षण भएको जनाएका छन् । हिजो एक विज्ञप्ती निकाल्र्दै सरोकारवालाहरुले बाल अधिकारमाथि हस्तक्षेप भएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन् । बाल अधिकारका लागि कर्णाली प्रदेश स्तरीय नागरिक समाज, सञ्जाल, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति, गैर सरकारी संस्था महासंघ सुर्खेत, बाल अधिकार सञ्जाल सुर्खेत लगायत १४ वटा विभिन्न सरोकारवाला संस्थाहरुले संयुक्त विज्ञप्ती जारी गरि आगामी दिनमा यस्ता कार्य नगर्न स्थानीय प्रशासनलाई सचेत बनाएको छ । घटना पश्चात विद्यार्थीहरुले गरेको आन्दोलनको क्रममा स्थानी प्रहरी प्रशासन विद्यालय हाताभित्र प्रवेश गरी शिक्षक तथा विद्यार्थीमाथी हातपात गरेको, आन्दोलनरत विद्यार्थी, शिक्षक, अविभावकमाथी धरपकट गरी अश्रुग्यास र हवाई फाइरिङ गरिएको घटनाले बालअधिकार हनन् भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बाल अधिकार हनन् भएको भन्दै ध्यानाकर्षण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।