सुर्खेत ।। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा हिजो सम्पन्न कर्णाली प्रदेश सरकार र नेपाल स्थित अन्तराष्ट्रिय विकास साझेदारहरुको वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले तिव्र विकास, गरिविको अन्त्य र सुशासनको प्रत्याभुति सवै नागरिकको चाहना भएको र यसलाई पुरा गर्न अन्तराष्ट्रिय समुदायसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णालीको गरिविको अन्त्य, उत्पादनको वृद्धि, पर्यटकीय क्षेत्रको विकास, उर्जा तथा भौतिक पुर्वाधार विकासका क्षेत्रमा एकिकृत रुपमा लगानी गर्न अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुलाई आग्रह गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here