सिरहा ।। सिरहाको गोलबजार नगरपालिका ४ मा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडकमा गएराति एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका १२ सारस्वरका ३५ वर्षका विष्णु महरा र सोही ठाउँका २४ वर्षका राकेश मण्डल रहनुभएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ६ प ८०६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको स. १ च ६९३ नम्बरको एम्बुलेन्स एक आपसमा ठोक्किँदा महराको घटनास्थलमै मृत्यु भएको थियो । मण्डलको उपचारको लागि विराटनगर लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा इन्सपेक्टर जनक पुरीले बताउनुभयो । दुवैको शव पोस्टमार्टमा लागि अस्पताल लगिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here