जनकपुर ।। प्रदेश २ मा शीतलहरबाट हुन सक्ने सम्भावित क्षतिबाच जोगिन सम्बन्धित निकायले तयारी सुरु गरेका छन् । केन्द्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले २० दिनअघि शीतलहरसहित प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरणका विशेष कार्ययोजना बनाउन प्रदेश र स्थानीय तहलाई भनीसकेको छ । त्यसै अनुसार स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयहरूले तयारी थालेका छन् । नेपालमा तराई र भित्री मधेसका २० जिल्ला शीतलहरको उच्च जोखिममा छन् । यो क्षेत्रमा बसोबास गर्ने गरिब ५१ प्रतिशत भन्दा धेरै जनसंख्या जोखिममा रहे पनि रौतहट, सिराहा, सप्तरी, नवलपरासी जिल्लामा बढी मानवीय क्षति हुने गरेको छ । शीतलहरबाट जोगिनका लागि प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले योजना बनाएर सबै निकायलाई पठाइसकिएको बताउनुभयो । सीआईएनसँग कुराकानी गर्दै उहाँले स्थानीय सरकारलाई पनि वस्तुस्थितिको बारेमा जानकारी गराउन र जिल्लाका रेडक्रस, गैरसरकारी संस्थालाई पनि हातेमालो गर्न आग्रह गरिएको बताउनुभयो । तराईमा प्रत्येक वर्ष शीतलहर का कारण प्रदेश २ मा मात्रै ३० देखि ४० जनाको मृत्यु हुने गरेको छ । नेपालमा मात्रै चिसोका कारण २५ लाखभन्दा पनि प्रभावित हुने गरेको गृह मन्त्रालयको तथ्याङ् छ । शीतलहरबाट जोगिन कम्बल, दाउरा, न्यानो लुगा वितरण हुने गरेको छ । तर, बाढीका कारण घरबारविहीन भएका पीडितहरू भने शीतलहर पनि खुल्ला आकासमुनि नै बिताउनुपर्छ कि भन्ने चिन्तामा छन् ।
शीतलहरको जोखिम कम गर्न प्रदेश २ सरकार तयारी अवस्थामा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।