काठमाडाैं ।। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन पुस चार गतेका लागि आह्वान गर्नुभएको छ । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस चार गते दिउँसो चार बजेका लागि आह्वान गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । यसअघि असोज दुईगते संसदको बजेट अधिवेशन सकिएको थियो । विधेयक अधिवेशनका रूपमा समेत लिइने हिउँदे अधिवेशन सामान्यतः पुसदेखि फागुनसम्म बोलाउने गरिन्छ । यसपालि हिउँदे अधिवशेनले नयाँ सभामुख समेत चयन गर्नेछ । गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here