कैलाली ।। दुर्लभ मानिने डल्फिन मानिसको गतिविधिको कारण जोखिममा परेका छन् । डल्फिन बसोबार गर्ने नदिहरुमा रसायन र विषादीको मात्रा बढ्दै गएपछि उनीहरु जोखिममा परेका हुन् । कर्णालीको कान्द्रा, काँडा र पथरैया नदी डल्फिन खेल्ने र बच्चा हुकाउर्ने नदीका रुपमा परिचित भएपनि नदिहरु फोहोर हुँदै जाँदा डल्फिन संरक्षणमा समस्या देखिएको त्रिभुवन विश्व विद्यालयका प्राणीशास्त्रका प्राध्यापक डाक्टर मुकेशकुमार चालिसेले सीआईएनसँग बताउनुभयो । वन्यजन्तु संरक्षण ऐन् २०२९ ले बाघ हात्ती, गैडा जस्तै डल्फिनलाई पनि संरक्षित वन्यजन्तुको सूचिमा राखेको छ । डल्फिन संरक्षणका लागि तीनै तहका सरकारबीच समन्वय नहुँदा डल्फिनको संरक्षणमा ध्यान पुग्न सकेको छैन । डल्फिनको संरक्षणमा अब सबै जना जुट्नुपर्ने टीकापुर–७ ढुंगानाटोलका धनीराम रेग्मीले बताउनुभयो । दिगो विकासका लक्ष्यमा सन् २०३० सम्ममा प्रदुषण कम गरेर, जताततै फोहोर फ्याक्ने प्रवृत्ति हटाएर, खतरनाक रसायन एवम् अन्य सामग्रीको न्यूनीकरण गर्ने भनिएको छ । विश्वव्यापी रूपमा प्रशोधन नगरिएको फोहोर पानीको मात्रालाई आधा गर्ने भनिए पनि डल्फिनका लागि वातावरण अनुकुल हुन नसकेको डल्फिन संरक्षण केन्द्रका उपाध्यक्ष भोजराज ढुंगानाले बताउनुभयो । डल्फिन पाइने नदी तटीय क्षेत्रमा डल्फिन संरक्षण केन्द्र, यसका शाखाहरु, डल्फिन क्लव, इको क्लबमार्फत नदीमा फोहोर नफाल्ने सन्देशसहित क्रियाकलाप गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here