धादिङ ।। सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम प्रभावकारी देखिएको छ । विद्यालयमा दिवा खाजा दिन थालिएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन् भने, पढाईको गुणस्तर पनि सुध्रिएको छ । विद्यालयमा पढाई सँगसँगै सित्तैमा खाजा खान पाएपछि थाक्रे गाउँपालिका वडा नम्बर २ धादिङमा रहेको लिलाकाली माध्यमिक विद्यालयका विद्यार्थीहरु खुसी छन् । सामुदायीक विद्यालयमा दिवा खाजा कार्यक्रमको प्रभाव पनि सकरात्मक देखिन थालेको विद्यालयका प्रधानाध्यापक राजन अर्यालले बनाउनुभयो । धादिङका ५ सय ६४ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ । खाजा कार्यक्रम प्रभावकारी भएपनि नेपाल सरकारले पूर्व प्राथमिक कक्षादेखी कक्षा ५ सम्म मात्रै यो व्यवस्था लागु गरेकाले कहिलेकाँहि समस्या पर्ने गरेको छ । दिवा खाजा कार्यक्रमले तल्लो कक्षाका विद्यार्थीमा उत्साह थपेको थाक्रे गाउँपालिकाका शिक्षा तथा निमित्त प्रमुख प्रसाशकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । दिवा खाजा कार्यक्रम शुरु भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि बढेको छ । विद्यार्थीहरु शिक्षण सिकाईका क्रियाकलापमा सक्रिय पनि देखिएको शिक्षा तथा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो । सामुदायीक विद्यालयमा दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा लागु भएको छ । यो कार्यक्रम कक्षा पाँच भन्दा माथि पनि बिस्तार गर्न सके अझै राम्रो हुने विद्यार्थी र अविभावकहरु बताउँछन् ।
प्रभावकारी बन्दै दिवा खाजा कार्यक्रम
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।