काठमाडाैं ।। फ्रान्समा पेन्सन सुधारको माग गर्दै जारी देवव्यापी हड्तालका कारण जनजिवन प्रभावित हुँदै गएको छ । हड्तालका कारण विद्यालय, सरकारी कार्यालय तथा सार्वजनिक यातायात सेवा बन्द भएका छन् । एक सय भन्दा बढी शहरमा हजारौं मानिस आन्दोलनमा सहभगी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा कयांै घाईते भएका छन् । फान्स सरकारले हालै ल्याएको पेन्सन सुधार योजनाप्रति असहमति जनाउँदै श्रमिकहरुले देशव्यापी आन्दोलन चर्काएका हुन् । प्रस्तावित नयाँ व्यवस्थामा निवृत्ति भरणको समय अवधी बढाउने प्रस्ताव गरिएको छ । तर, नयाँ योजना लागू हुनु अगावै सेवा निवृत्त हुनेहरुका लागि कम सुविधाको व्यवस्था गरिएको उनीहरुको आरोप छ । उक्त हड्तालमा शिक्षक, कर्मचारी, वकिल सुरक्षाकर्मी लगायत आम कामकाजी नागरिक सहभागी भएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोले सामाजिक सुरक्षाका लागि नयाँ सुधार योजना ल्याएको दाबी गर्नुभएको छ । उहाँले नयाँ योजनाले मजदुरको हितमा काम गर्ने दावीसमेत गर्नुभएको छ । नयाँ व्यवस्था लागू भए फ्रान्समा हाल कायम रहेको ४२ वटा अलग अलग पेन्सन स्किम विस्थापित हुनेछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here