काठमाडाैं ।। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को छैटौं दिन आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको पाँचौं छैठौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरी कुल १९ खेलमा प्रतिस्पर्धा हुन लागेको हो । सागमा आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल,ब्याडमिन्टन, क्रिकेट,गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती,बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । पदक तालिकामा पाँचौ दिनसम्म भारतले ६४ स्वर्णसहित अग्रता बनाएको छ । ३६ स्वर्ण सहित नेपालले भारतलाई पछ्याईरहेको छ ।किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुरुष क्रिकेटका दुई खेल हुनेछन् । पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश २३ वर्ष मुनिको सामना गर्नेछ । यस्तै दोस्रो खेल नेपाल र माल्दिभ्सबीच हुनेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।