धनकुटा ।। पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै धनकुटामा दुईवटा पार्क निर्माण गरिएको छ । धनकुटा नगरपालिका वडा नं ३ मा कागते ग्रिन पार्क र वडा नं ६ मा शिलढुंगा ग्रिन पार्क निमार्ण भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पार्क निर्माणसँगै गाउँघरमा कुनै नव आगन्तुक आउँदा घुम्न र देखाउने ठाउँको रुपमा दुवै पार्कलाई लिन थालिएको छ । १ नं प्रदेश सरकारको २५ लाखको लागतमा शिलढुङ्गा पार्क निमार्ण गरेको धनकुटा नगरपालिका वडा नं ६ का अध्यक्ष नरेश श्रेष्ठले बताउनुभयो । शिलढुङ्गा सामुदायिक वनभित्र रहेको पार्कमा शौचालय, विश्रामस्थल, रेलिङ्ग, बगंंैचा, सिँढी निमार्ण लगायतका काम सकिएको छ । कागते र निगाले क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यका साथ पार्क निमार्ण गरिएको धनकुटा नगरपालिका ३ का अध्यक्ष विकास घिमिरेले बताउनुभयो । प्रदेश १ सरकारले सन् २०२० मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here