काठमाडौं ।। नेपालमा बर्षेनी एड्स प्रभावितको संख्या घट्दै गए पनि नियन्त्रणमा भने आइसकेको छैन । सन् २०२० सम्ममा सरकारले नेपालमा एड्स प्रभावितको संख्या शून्यमा झार्ने लक्ष्य लिएपनि सम्भावना न्यून देखिएको छ । निर्मलीकरण नगरिएको सुई वा अन्य औजारको प्रयोग तथा असुरक्षित यौन सम्पर्कका कारण लाग्ने एड्स नेपालमा केहि समय पहिलेसम्म महामारीकै रुपमा लिइन्थ्यो । एड्स संक्रमितको संख्यामा कमि आए पनि यसलाई अबको एक वर्षमा शून्यमा झार्न भने नसकिने सरुवा रोग विशेषज्ञ डा.वासुदेव पाण्डेको भनाइ छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१६ मा नेपालमा एचआईभी संक्रमित ३९ हजार ३ सय ९७ थिए भने सन् २०१७ मा त्यो संख्या ३१ हजार २० र सन् २०१८ मा आएर झन्डै ३० हजारमा झरेको छ । केन्द्रका सूचना अधिकारी लोकराज पाण्डे सरकारले यसमा विशेष जोड दिएर कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुहुन्छ । केन्द्रको तथ्यांक अनुसार सन् २०१८ मा ८ सय ७३ जना नयाँ एड्सका बिरामी फेला परेका छन् भने ८ सय ९५ जनाको मृत्यु भएको छ । नेपालमा २५ देखि ४९ वर्ष उमेर समूहका मानिस एड्सबाट सबैभन्दा धेरै प्रभावित छन् भने नेपालको सुदुरपश्चिम र कर्णाली प्रदेशमा एड्सका बिरामीहरु फेला पर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर झन्डै ७५ करोड मानिस एड्सका कारण प्रभावित छन् भने झन्डै ३५ करोडको मृत्यु हुने गरेको छ ।
सन् २०२० सम्ममा नेपालमा एड्स प्रभावितको संख्या शून्यमा झार्ने सरकारको लक्ष्य , सम्भावना न्यून
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।