काठमाडौं ।। १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को दोस्रो दिन आज विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजो भव्य समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्नुभएको थिया । सागमा आज तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा र अन्य खेल काठमाडौंमा हुनेछ । तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्णको छिनोफानो हुनेछ । पुरुष फुटबलमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंंगशालामा हुनेछ । भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । सेमिफाईनलमा हारेका दुई टिम तेस्रो स्थानका लागि भिड्नेछन् ।
सागको दोस्रो दिन आज बिभिन्न १२ खेलमा प्रतिस्पर्धा हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।