पर्वत ।। बागलुङ निर्वाचन क्षेत्र नम्वर २ (ख) मा राष्ट्रिय जनमोर्चाका खीमविक्रम शाही बिजयी हुनुभएको छ । शाहीले ११ हजार २ सय ३५ मत पाएर विजयी हुनुभएको हो । नेपाली काँग्रेसका जीत शेरचनले ९ हजार १ सय ३८ मत ल्याउनुभयो । शाहीले शेरचनलाई २ हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो । जनमोर्चाका शाहीलाई नेकपाले समर्थन गरेको थियो । अन्य उम्मेदवारले निकै कम मत ल्याएका छन् । संघीय समाजवादीका अशोक कुमार वि.कले ३१६, स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, नेशनल अर्गनाईजेशनका मीत्रबहादुर मगरले ४५, राप्रपा संयुक्तका नीमबहादुर भण्डारीले ३७, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, यामबहादुर आलेले ३३, अनिलकुमार राईले ८, राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here