दाङ ।। दाङको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेश सभा सदस्यमा नेकपाका उमेदवार विमला वली विजयी हुनुभएको छ ।उहाँ निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका केशवराज आचार्यलाई ५१०४ मतले पछि पार्दै विजयी हुनुभएको हो । उहाँले २४ हजार २८६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्दी नेपाली काँग्रेसका उमेदवार आचार्यले १९ हजार १८२ मत प्राप्त गर्नुभएको छ । वली स्वर्गीय प्रदेश सभा सदस्य उत्तरकुमार वलीका पत्नी हुनुहुन्छ । हिजो विहान साढे ९ बजेबाट जिल्ला समन्वय समिति दाङको सभाहलमा भएको सुरु भएको मतगणना राति १२ बजे सकिएको हो । मतगणना शान्तिपूर्ण रूपमा भएको थियोे । प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ (ख) मा ६८ हजार ७१९ मतदाता मध्ये ४५ हजार ३ सय १ ले मतदान गरेका थिए । प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा ७९७ मत बदर भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।