चितवन ।। चितवनको पश्चिम सीमासँग जोडिएको नवलपुरको गैँडाकोटमा लागुऔषध नियन्त्रण अभियान तीव्र पारिएको छ । गैँडाकोट क्षेत्रमा लागुऔषधका कारोबारीहरुको संख्या बढेसँगै ईलाका प्रहरी कार्यालय गैँडाकोटले लागुऔषध नियन्त्रण अभियानलाई तीव्र पारेको हो । अभियान अन्तरगत गैँडाकोट प्रहरीलाई लागुऔषधको कारोबार नियन्त्रणमा ठुलो सफलता मिलेको प्रहरीले दाबी गरेको छ । प्रहरीले आइतबार साँझ दुई ना लागुऔषधका डिलरलाई पक्राउ गरेको ईप्रका गैँडाकोटका प्रहरी निरीक्षक दीपक कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा गैँडाकोट ८ बस्ने अशोक लामा र गैँडाकोट ५ बस्ने सोम गुरुग रहेका छन् । खानतलासी गर्ने क्रममा लागुऔषध नोफिन, डाईजेपाम र फेनारगन गरी ८४ एम्पुल बरामद गरेका कार्कीले बताउनुभयो । पक्राउ परेका दुबैलाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको र लागुऔषध नियन्त्रण ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भएको गैँडाकोट प्रहरीले जनाएको छ । भारतीय सीमा नाकाबाट लागूऔषध ल्याई गैँडाकोट क्षेत्रलाई लागुऔषध विक्री वितरण र सेवन गर्ने थलो बनाइएको सूचना पाएसँगै प्रहरीले सक्रियता बढाएको हो । पक्राउ परेका दुवै यसअघि पटक पटक पक्राउ पर्दै आएको प्रहरीको तथ्यांकमा उल्लेख छ । लागुऔषधको कारोबार बढेपछि नवलपुर जिल्लासँगै विशेषतः गैँडाकोट क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्ने देखिएपछि अभियानलाई तीव्र पारिएको प्रहरीको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here