काठमाडौं ।। प्याजको मुल्य उच्च वृद्धि भएको छ । भारतमा प्याजको मुल्य बढेपछि भारतले आन्तरिक माग नपुगेको भन्दै निर्यातमा प्रतिबन्ध लगाएको छ । दक्षिण एसियाका देशमा प्याज धेरै मशत्वपूर्ण रहेको छ । तर दक्षिण एसियामा नै प्याजको मुल्य वृद्धि भएपछि उपभोक्ताहरु मारमा परेको छ ।
प्याजको मुल्य वृद्धि भएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्याज खान छाडेको बताइएको छ । प्रधानमन्त्री हसिनाले आफनो भन्सामा प्याज प्रयोग नर्गन घोषणा गरेकी हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार शनिवार निवासमा पाकेका कुनै पनि खानामा प्याजको प्रगोग गरिएको थिएन । बंगलादेशमा एक किलो प्याजको मूल्य ३० टाकामा पाइने प्याज अहिले किलोको २६० टाका पुगेको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि अहिले बंगलादेशले चीन , टर्की,इजिप्छस र म्यानमारबाट प्याज निर्यात गर्न प्रयास गरिरहेका छन् ।
नेपाल, भारत, वंगलादेश, पाकिस्तान, अफगानिस्तान लगायतका देशहरुमा प्याजको मुल्यमा वृद्धि भएका छ । प्याजको लागि अफ सिजन भएको कारणले पनि प्याजको मुल्य बढेको हो ।
प्याजको मुल्य बढेपछि बंगलादेशकी प्रधानमन्त्रीद्धारा प्याज नखाने घोषणा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।