जनकपुर ।। युवाहरुको सहभागिता सरसफाई अभियान प्रदेश न 2 को मुख्यालय जनकपुरधाममा सम्पन्न भएकाे छ । राष्ट्रीय सरसफाई अभियन्ता धिरेन्द्र साह को संयोजनमा देशको विभिन्न जिल्लाको चार प्रमुख राजनीतिक दलको (कांग्रेस , नेकपा , समाजबादी पार्टी र राजपा नेपाल ) 28 जना युवाहरुको सहभागिता सरसफाई अभियान प्रदेश न 2 को मुख्यालय जनकपुर धाम मा आज मंगलवार सम्पन्न भएकाे हाे ।
आज जनकपुरकाे होटल सिताशरण देखि जिरो माइल सम्म सर सफाई गर्दै अभियान सम्पन्न गरिएकाे थियाे । अभियानमा प्रदेश न 2 को बन तथा पर्यटन राज्य मंत्री शुरेश मंडल , माननीय राम आशीष यादव , प्रमुख जिल्ला अधिकारी प्रदीप कंडेल , सरसफाई अभियन्ता श्रुति सिंह , सरस्वती श्रेष्ठ , बैधनाथ साह , बजरंग यादव , दीपक ठाकुर , राजेन्द्र यादव , जनकपुर उपमहानगर पालिका वार्ड नं 7 अध्यक्ष जानकिराम साह , वार्ड नं 1 अध्यक्ष शत्रुघ्न साह , बन अधिकृत शुरेश शर्मा , नेपाल प्रहरी , ट्राफिक प्रहरी , रेडक्रोस जनकपुर , यंग लीड को-ऑर्डिनेटर सुरेंद्र मान्नधार , पर्यटन व्यवसायी बीरेंद्र साहको उपस्थिति रहेकाे थियो ।
बिदित होस की बिभिन्न पार्टी र बिभिन्न जिल्लाको यो युथ लीडरशिप बिगत माह नेपालको प्रतिनिधित्व गरेर डेनमार्क मा 8 देशको युवा हरुसंग सहकार्य गरेर आएको । उहाँ हरु आफ्नो विदेश भ्रमण को समीक्षा र नेपाल को समृद्धि मा युवा नेतृत्व को सामूहिक योगदान को जनकपुर आएको बेला सरसफाई अभियन्ता को आग्रह मा आज को अभियान भएको एबम नेपाल लाई सफा र सुंदर बनाएर अंतर राष्ट्रीय जगत मा नेपाली प्रति को उच्च सम्मान र आंतरिक र बाहरी पर्यटक लाई आकर्षित गर्ने प्रयास भएको । यस अभियानमा सम्मलित हुनु भएको बिभिन्न जिल्ला को युवा नेतृत्व ले आफ्नो आफ्नो गाउ , जिल्ला र प्रदेश मा यदि सरसफाई को अभियान को नेतृत्व गर्न सक्यो भने नेपाल लाई शीघ्र सफा र सुंदर हुन बल प्रदान हुनै हो ।