रौतहट ।। जिल्ला सम्मेलनको विषय लिएर र राष्ट्रिय जनता पार्टी नेपालको रौतहटमा छूटा छूटै ठाउमा मंगलबार आयोजना गरिएको कार्यक्रममा एक पक्षको जिल्ला सम्मलेनमा विबाद भएका छन भने अर्को पक्षको शांतिपूर्ण कार्यक्रम भएका छन ।
दुवै पक्षको निर्वाचन भने टुङ्गिएका छैन । संघीय सांसद अनिल कुमार झा समर्थन गरेको पक्षमा जिल्ला अध्यक्ष पदका दुइ उम्मीदवार शेख जमशैद र लीला साह विच सामान्य विबाद हुदा गौर राइस मिलको सभाहलमा आयोजित जिल्ला सम्मलेन स्थगित गरिएको छ ।
राइस मिलको कार्यक्रममा राजपाका केंद्रीय पर्यबेक्षक सुनील रोहित सहभागी भएका थिए भने प्रदेश सांसद बाबूलाल साह समर्थकमा रहेका जिल्ला अध्यक्ष मंडलका ४ जना सदस्यले रामजानकी धर्मशालामा आयोजना गरेका जिल्ला सम्मलेनमा प्रमुख अतिथिमा गोविन्द चौधरी उपस्थित भएका थिए ।
जिल्ला अधिवेशन प्रतिनिधि छनौटमा संघीय सांसद अनिल झाले मनोपोली गरेको भन्दै असन्तुस्टि जनाउँदै ४ पूर्व अध्यक्षले आयोजना गरेको जिल्ला सम्मलेनमा दुइ जना अध्यक्ष पदमा उम्मीदवारी दर्ता गराएका छन । झा पक्षमा शेख जमशैद , लीला साह र खेन्हा साहले उम्मीदवारी दर्ता गराएका हुन ।
शांतिपूर्ण तरीकाबाट मनोयन पत्र दर्ताको कार्य संपन्न भएको प्रदेश सांसद साहले जनाएका छन । २८४ मतदाता रहेका जिल्ला सम्मलेनमा बहुमत सदस्य संख्या प्रदेश सांसद साहको पक्षमा रहेका छन । निवर्तमान जिल्ला सचिव राकेश यादवले विखंडनवादी सोच लिएका व्यक्तिहरुले पार्टी बिभाजन गर्ने उदेश्यले दुइ ठाउमा कार्यक्रम आयोजना गरेको आरोप लगाएका छन ।
सचिव यादव संघीय सांसद झा का समर्थक रहेका छन । लीला साह र शेख जमशैद विच हल्का विबाद भएको पुस्टि गर्दै सचिव यादवले सहमतिको प्रयासको लागि कार्यक्रम स्थगित गरिएको दावी गरेका छन । केंद्रीय पर्यबेक्षकको रुपमा आएका सुनील रोहितले केहि प्राविधिक त्रुटिको साथै आतंरिक विबाद सहमतीय प्रणाली द्वारा अन्त्य गर्नको लागि स्थगित गरिएको बताएका छन ।
दुवै पक्ष विच रहेको असहमति अन्त्य गर्दै मूलधारमा ल्याउने प्रयास गरिने नभए बुधवार पुनः निर्वाचनको तालिका सार्वजानिक गरी बहुमतिय प्रणालीले अधिबेशन गराउने जनाए । पार्टीको विधान अनुसार सहमति गराउने नभए बहुमतले पारित गर्ने केंद्रीय पर्यबेक्षक रोहितको भनाइ रहेका छन । मधेश आन्दोलनको कारण रौतहटमा स्थापित भएका राष्ट्रिय जनता पार्टी नेपालको आतंरिक विबादले असर पार्ने सम्भावना बढेको छ ।
जातिबाद , परिवारबाद सोच लिएर अघि बढिरहेको संघीय सांसद झाको कारण पार्टी भित्र आपसी द्वन्द सृजना भएको असंतुस्ट पक्षका नेताहरुको आरोप रहेका छन ।
Home प्रदेश समाचार मधेश प्रदेश सांसद र प्रदेश सांसद विच टककर, राजपा रौतहटको अधिवेशनमा उम्मीदवार विच समान्य...
सांसद र प्रदेश सांसद विच टककर, राजपा रौतहटको अधिवेशनमा उम्मीदवार विच समान्य झड़प
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।