राैतहट ।। रौतहट निर्वाचन क्षेत्र नम्बर १ क बाट निर्वा्चित प्रदेश सभा सदस्य बाबूलाल साहले चालू आर्थिक वर्षमा आफ्नो संसदीय विकास कोषको रकम बाट गरीव , आर्थिक अवस्था कमजोर भएका दलित ,मुस्लिम ,आदिवासी ,जनजाति , मधेशीको छोरीको सामूहिक विबाह गर्ने घोषणा गरेका छन ।
मंगलवार रौतहट जिल्लाको गौरमा संचारकर्मीहरु सित कुरा गर्दै नया भिजन नया सोचले विकास निर्माणको कार्य गर्ने लक्ष्य लिएको बताए । गएको आर्थिक वर्षमा गौर नगरपालिका क्षेत्रमा जड़ान गरिएको शुद्ध खानेपानी टयांकी बतानुकूलित फिलटरले ठूलो लोकप्रियता कमाएको प्रति हर्षित हुदै प्रदेश सांसद साहले यस पाली शिक्षा ,स्वास्थ्य , खानेपानी योजना विस्तार , भौतिक पूर्वाधारको क्षेत्रमा कार्य गर्ने योजना बनाएको खुलासा गरे ।
गौरमा भ्यू टावर , घण्टा घरको निर्माणको प्राविधिक कार्य शुरू गरिएकोले चालू आर्थिक वर्षमा संपन्न होने दावी गरे । सुविधा संपन्न स्वास्थ्य सेवा प्रवाह गर्ने मुख्य लक्ष्य रहेको बताउँदै स्तरीय शिक्षाको लागि मेडिकल कालेज , इंजीनियरिंग कालेज स्थापना तर्फ पहल गरिरहेको जनाए ।
जनता सित प्रत्यक्ष सरोकार राख्ने योजना ल्याउने उदेश्य रहेको बताउँदै प्रदेश सांसद साहले सामूहिक विबाहको लागि जिम्मेवारी बहन गरीदिन संचारकर्मीहरुलाई आग्रह समेत गरेका छन । हासिलो अनुहार समेत भएका प्रदेश सांसद साह जनताको चाहना अनुसार कार्य गर्ने आफु तत्पर रहेको जनाए ।
जून कार्यले जनता बढ़ी हर्षित हुन्छ त्यों कार्य गर्ने त्यार रहेको छू उनले भने विकास निर्माणको कार्य साथै सामाजिक ,सांस्कृतिक ,धार्मिक , परम्परा जोगाउने कार्य गर्नुमा जोड़ दिए ।
Home प्रदेश समाचार मधेश प्रदेश सांसद साहको घोषणा, गरीव परिवारका छाेरा छोरीहरूकाे सामूहिक विबाह गराउने
सांसद साहको घोषणा, गरीव परिवारका छाेरा छोरीहरूकाे सामूहिक विबाह गराउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।