धनकुटा ।। ११ वर्षको अनुसन्धानपछि सिफारिस गरिएको ‘सुन कागती एक’ र ‘दुई’ को खेती विस्तार गर्न सके उत्पादन अवधि बढाउनुका साथै आयात घटाउन सकिने भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ३ शीतलबस्तीका लेखनाथ सुवेदीले एक विगाह पाँच कट्ठा जमिनमा ‘सुन कागती एक र दुई’ लगाउनुभएको छ । तीन सय बोटबाट उहाँले यसवर्ष मात्रै करिब चार लाख ५० हजार दाना उत्पादन गर्नुभयो । उत्पादित कागती घरैबाट प्रतिगोटा तीन रुपैयाँमा बिक्री भइरहेको उहाँले बताउनुभयो । धनकुटामा रहेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रमले तराईमा व्यावसायिक उत्पादन लिन सकिने कागतीका यी दुई जातको विकास गरी ६ वर्षअघि खेतीका लागि सिफारिस गरेको थियो । यसअघि तराईको हावापानीमा खेतीका लागि कागतीका कुनै जात सिफारिस गरिएको थिएन । रोपेको तीन वर्षदेखि व्यावसायिक उत्पादन लिन सकिने सुन कागती एक र दुई जातको खेती पानी नजम्ने, आठसय मिटरसम्मको जमिनमा फस्टाउने राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्याक्रम धनकुटाका फलफूल विज्ञ, उमेश आर्चायले बताउनुभयो । सुन कागती एक र दुईको व्यवसायिक उत्पादन लिन उत्पति र स्वस्थता प्रमाणित गरिएका कलमी विरुवा रोप्नु पर्छ । केन्द्रले सिफारिस गरेको ‘सुन कागती एक र दुई’ कै नाममा भारतबाट अवैध तवरले कागतीका बिरुवा नेपाली बजारमा आयात र बिक्री भइरहेकाले सजग रहन कृषि विज्ञको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here