वीरगन्ज ।। वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन् । कर्फ्यु आदेश आज (चैत ३१) राति १२ बजेसम्मका निम्ति थप गरिएको छ । शनिबार दिउँसो दुई समुदायबीच झडप, तोडफोड र आगजनीपछि प्रशासनले साँझदेखि आज (आइतबार) मध्याह्न १२ बजेसम्मका निम्ति वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रशासनले सुरुमा शनिबार साँझ साढे ६ बजेदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको थियो । पछि साँझ साढे ७ बजेदेखि कर्फ्यु लागु हुने जनाइएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here