।। २२ वर्षदेखि फरार रहेका कर्तब्य ज्यान मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको साविक खिलुङ देउराली ९ हालको भीरकोट नगरपालिका ७ बस्ने ४८ वर्षीय भविश्वर कोईरालालाई बयरघारी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । २०५४ सालमा कर्तब्य ज्यान मुद्दामा ९ महिना २ दिन कैद सजाय तोकिएपश्चात फरार रहेका कोईरालालाई स्याङ्जा जिल्ला अदालतबाट सजाय भुक्तानका लागि जिल्ला कारागार स्याङ्जामा चलान गरिएको प्रवक्ता भण्डारीले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।