पर्वत ।। पर्वतमा स्काभेटर मर्मतका क्रममा चोट लाग्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिका वडा नं ३ रानीपानीमा स्काभेटर मर्मत गर्दा प्युठानको मक्षीका २३ बर्षिय महेन्द्र जिसीको मृत्यु भएको हो । मृतक जिसी स्काभेटरका सहचालक रहनुभएको प्रहरीले जनाएको छ । स्काभेटर मर्मतको क्रममा चेनको टुक्रा टुक्रिएर जिसीको छातीमा गम्भीर चोट लागेको थियो । गम्भीर घाईते हुनुभएका उहाँको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।