धनकुटा ।। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६५ प्रतिशतले बढी कर असुल भएको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल नौ करोड ५० लाख २५ हजार सात सय ३० रुपैयाँ कर संकलन भएको करदाता सेवा कार्यालय धनकुटाले जनाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा ५ करोड ७२ लाख ७८ हजार सात सय ७३ रुपैयाँ संकलन भएको थियो । जुन चालु आर्थिक वर्षको तुलनामा ६५ प्रतिशतले कम हो । करदाता सेवा कार्यालय धनकुटाको आयोजनामा हिजो कर दिवस मनाइएको छ । सोही अवसरमा आईतबारका पहिलो सेवाग्राही सविन कुमार राईलाई सम्मान गरिएको थियो । २०७६ कार्तिक २९ गतेसम्म १२ हजार ७ सय ५१ करदाताको संख्या रहेको करदाता सेवा कार्यालय धनकुटाका प्रमुख रमेश ढकाले जानकारी दिनुभयो । उहाँले मूल्य अभिवृद्धि करमा आठ सय ७८ जना र अन्तशूल्कमा सात सय ३८ जना दर्ता रहेको समेत जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here