सिन्धुपाल्चोक ।। गाईभैंसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनका किसान खुशी भएका छन् । स्थानीय धुस्कुन कृषि सहकारीमार्फत् गाउँ सरकारको अनुदान हात पारेपछि शनिवार धुस्कुनका पशुपालक किसानहरु खुशी देखिन्थे । गाउँपालिकाको अनुदानबाट शनिवार धुस्कुन कृषि सहकारीले ७० जना सदस्यलाई गाईभैंसी किन्नका लागि अनुदान उपलव्ध गराएको छ । आठौं वार्षिक साधारणसभाका अवसरमा भैंसी खरिदका लागि ५० जनालाई ३० हजारका दरले अनुदान प्रदान गरिएको सहकारीले जनाएको छ । गाई किन्नका लागि २० जनालाई १५ हजारका दरले अनुदान दिइएको छ । गाउँपालिका र वडाको बजेटबाट सहकारीमार्फत् ७० जना किसानलाई गाईभैंसी खरिदका लागि अनुदान दिइएको हो । चालु आर्थिक वर्षमा त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन कृषि सहकारीका लागि १८ लाख रुपैयाँ गाईभैंसी खरिद अनुदान उपलव्ध गराएको र सहकारीले आफ्ना सदस्यहरुलाई सो अनुदान प्रदान गरेको त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले निर्वाहमुखी मात्र नभई व्यवसायिक कृषि र पशुपालनमा लाग्न किसानहरुलाई आग्रह गर्नुभयो । आगामी बर्षका लागि गाईभैंसी खरिदका लागि गाउँपालिकाले २० लाख रुपैयाँ अनुदानको व्यवस्था गर्ने समेत अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।
गाईभैंसी किन्न गाउँ सरकारको अनुदान पाएपछि किसान खुशी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।