काठमाडौं ।। एसीसी इमर्जिङ टिम्स एसिय कपमा नेपालले भारतसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १९४ रनको लक्ष्यमा भारतले ४२ ओभरमा ३ विकेट गुमाएको थिए । नेपालका करण केसी, सुशन भारी र ललितनारायण राजवंशीले समान एकरएक विकेट लिएका थिए ।
टस जितेर भारतले फिल्डिङ रोजेको भारत विरुद्ध नेपालका युवा अलराउण्डर पवन सर्राफले अर्धशतक गरेका छन् ।
अर्धसतक बनाउदा उनले दुई छक्का र साता चौका प्रहार गरे । युवा अलराउण्डर सर्राफले ४९ बलमा ५६ रन जोड्दै बोल्ड हुन पुगे ।
नेपालका लागि ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले खाता खोल्न सकेनन् । कुशल भुर्तेल २८, शरद भेषवाकर ४४, आरिफ शेख दुई, दीपेन्द्रसिं ऐरी २४, बिनोद भण्डारी ५ र सोमपाल कामी २ रनमा आउट भए । करण केसीले २० रन जोडे भने सुशन भारीले दुई रन जोडे । ललितनारायण राजवंशीले खाता खोल्न सकेनन् । नेपालले अर्को खेल शुक्रवार हङ्कङसँग खेल्नेछ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।