काठमान्डु ।। भारतमा जारी १९ वर्ष मुनिको च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
हैदरवादमा आज भएको खेलमा भारतको ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको हो । राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारत ‘ए’ ले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो । यस अघि पहिलो खेलमा नेपालले भारतको ‘सी’ टिमसँग १० विकेटको हार व्यहोरेको थियो । अब नेपालले भारतको ‘बी’ टिमसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।