रौतहट ।। रौतहटको चन्द्रपुर नगरका विभिन्न स्थानमा लगाइएको कलिलो मकैको बोटमा किरा लागेपछि किसानहरु चिन्तित बनेका छन् । रौतहटको चन्द्रपुर ४ का किसानहरुले लगाएका मकै बालीमा किरा लागेपछि उनीहरु चिन्तीत बनेका हुन ।
कलिलो मकैका बोटको पातहरु किराले खाएर नष्ट पार्दै आएको स्थानीय किसानले दुखेसो पोखेका छन् । चन्द्रपुरको ठाडाटोल, कप्तान टोलका किसानले लगाएको मकैमा किरा लागेको कप्टान टोलका केदार प्रसाद तिमल्सिनाले जानकारी दिनु भयो ।
गत भाद्र महिनामा रौतहटको सिमामा पर्ने उत्तरी क्षेत्र बर्कैयाको मोरङ्गे ,महादेव डाडा, चिसापानी,स्वस्तिक रजुवा लगायतका स्थानमा सो किराले मकै नष्ट गरेको थियो । प्रारम्भिक चरणमा मकैमा किराको प्रकोप देखिएकोले समयमा नै कृषि प्राविधिकहरुले क्षती हुदै गएको मकैको निरिक्षण गरेर किसानलाइ उचित सल्लाह दिनु पर्ने उनीहरुले माग गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।