कपिलबस्तु ।। कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाको उम्मेदवारी परेको छ ।
यहि मंसिर १४ गते वडा अध्यक्ष पदका लागी हुने उप निर्वाचनमा आज १२ जनाले मनोनयन दर्ता गराएको मुख्य उप निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं. १० को अध्यक्ष पदका लागी नेपाल कम्युनिष्ट पार्टि नेकपाबाट अदालत मनिहार, नेपाली काँग्रेसबाट देवराज भारती, समाजवादी पार्टि नेपालबाट तिर्थ बहादुर रायमाझि, राजपाबाट मन्जु मिश्र, जनमत पार्टिबाट महोम्द हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र, राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
वडा नं. १० को निर्वाचनमा आज मनोनय पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन पनि सम्पन्न भएको छ । उम्मेदवारको विरोधमा उजुरी दिने कार्तिक २८ गते, मनोनय पत्र र उजुरी उपर जाचबुझ कार्तिक २९ गते, मनोनय भएको उम्मेदवारको नामावली प्रकाशन कार्तिक २९ गते, उम्मेदवारले नाम फिर्ता लिने कार्तिक ३० गते, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्तिक ३० गते,उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान मंसिर १ गते र मतदान मंसिर १४ गते गर्ने कार्यक्रम रहेको छ ।