File Photo

काठमान्डु ।। नेपालका २१ प्रतिशत बालबालिका अझैपनि खोपको पहुँचभन्दा बाहिर रहेको पाईएको छ । परिवार कल्याण महाशाखाले गरेको अध्ययनको आयोजनामा विश्व निमोनिया दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा हालसम्म ५८ ओटा जिल्लामात्र पूर्णखोप जिल्ला घोषणा भएको जानकारी गराईएको छ ।

कार्यक्रममा पाँच वर्षभन्दा मुनिका १६ प्रतिशत बालबालिकाको मृत्यु निमोनियाबाट हुने गरेको पनि जानकारी गराईएको छ । परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा. झलकप्रसाद शर्माले पोषण र खोपका लागिमात्र सरकारले यो वर्ष चार अर्ब रुपैयाँ विनियोजन गरेको तर सोचे अनुरुपको प्रतिफल प्राप्त गर्न भने नसकिएको जानकारी दिनुभयो ।

यस्तै, विश्व स्वास्थ्य संगठनले पाँच वर्षमुनिका ३० लाख बालबालिकामध्ये १७ लाख बालबालिकामा श्वासप्रश्वास समस्या हुने गरेको छ । सन् २०१८ मा विश्वका ८ लाख बालबालिकाको मृत्यु निमोनियाबाट भएको र उपयुक्त कदम नचाले सन् २०३० सम्ममा निमोनियाबाट एक करोड १० लाख बालबालिकाको मृत्यु हुनसक्ने अनुमान गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here