काठमान्डु ।। नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओ) सहित पाँच जनालाई कारागार चलान गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतले पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएपछि उनीहरुलाई कारागार चलान गरिएको हो । अस्पतालका सिइओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डा.राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई अदालतको आदेशपछि कारागार चलान गरिएको हो ।
प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोले उनीहरुलाई गत असोज २९ गते पक्राउ गरेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।