काठमाडौं ।। राजधानीमा ध्वनी प्रदुषण कंम गर्न सञ्चालन गरिएको नो हर्न अभियान सफल भएको सरकारले दाबी गरेको छ । हर्न बजाउन कम हुँदा ध्वनी प्रदुषण घटेको र यसले गर्दा कानको समस्या लिएर अस्पताल पुग्नेहरु पनि घटेका सरकारको भनाइ छ । सरकारले २०७४ वैशाखदेखि काठमाडौं उपत्यकामा हर्न बजाउन नपाइने नियम ल्याएको हो । उपत्यकमा बढ्दो ध्वनी प्रदूूषणलाई कम गर्ने उद्देश्यका साथ ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको साढे २ वर्ष भयो । शहरमा ध्वनीकै समस्याले कानमा असर गरेका बिरामी बढेपनि बाह्य ध्वनीको असरका विरामी कम देखिएका बीरअस्पतालका नाक, कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र गौतमले बताउनुभयो । मान्छेले ६० डेसिबल सम्मको ध्वनीमात्रै सहनसक्छ । त्यो भन्दा बढीको ध्वनी आधा घन्टा मात्रैपनि निरन्तर सुन्ने हो भने त्यसले असर गर्छ । पछिल्लो साढे २ वर्षको अवधिमा ध्वनी नियन्त्रण गर्न झन्डै २० हजारभन्दा बढीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ । कारबाहीबाट झन्डै २ करोड राजश्व सङ्कलन भएको ट्राफिक प्रहरीका प्रवक्ता एसपी रवि कुमार पौडेलले सीआईएनसँग बताउनुभयो । काठमाडौं उपत्यकामा सुरु भएको अभियान अहिले देशका विभिन्न क्षेत्रमा लागू गरिएको छ । प्रदेश १, गण्डकी, प्रदेश ५, प्रदेश २, प्रदेश ३ का ठूला शहरहरुमा यो अभियान लागू गरिएको छ । हर्न निषेधको नियम ध्वनि प्रदूषणसँग मात्र नभई सहरी सभ्यतासँग पनि जोडिएकाले यसलाई अझै व्यवस्थित बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here