जनकपुर ।। प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षक पक्राउ परेका छन् । मंगलबार बिहान मुख्यमन्त्री कार्यालयमा ताला लगाउन पुगेका अस्थायी शिक्षकहरु जनकपुरमा पुगेका थिए । तालालगाउन पुगेका ४३ अस्थायी शिक्षक मंगलवार पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि एक घण्टा सडक अवरुद्ध गरेका थिए अस्थायी शिक्षकहरु मंगलबार तालालगाउन पुगेका थिए । ताला लगाउने बेला प्रहरी र अस्थायी शिक्षकबीच झडप पनि भएको थियो । मुख्यमन्त्री लाल बाबु राउतले अस्थायी शिक्षकको मागप्रति प्रतिबद्धता जनाएर बेवास्ता गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
आन्दोलित शिक्षकहरुले तालाबन्दीको प्रयास गरेका थिए । तर प्रहरीका कारण उनीहरुले ताला भने लगाउन पाएनन् । अस्थायी शिक्षकहरुलाई उमेरको हदसम्म पेशाको ग्यारेन्टी र स्वास्थ्य उपचार लगायत माग राख्दै असार २० गते देखि उनीहरु आन्दोलित छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here