रौतहट १९ ।। रेल्वेस्टेशन र लाइनमा जमिन परेको विषयलाई लिएर रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा आज तालाबन्दि भएको छ ।
तालाबन्दिको कारण नगरपालिकाको काम ठप्प भएको छ भने कर्मचारी बाहिर बस्न बाध्य भएका छन । सरकारी मुल्याङन भन्दा पनि कम मुल्य कायम गरी सुकुम्बासी बनाउन खोजेको भन्दै पीडित जग्गाधनी आन्दोलित भएका हुन । नगरपालिकाको कार्यालयमा तालाबन्दि भैरहदा जनप्रतिनिधि र कर्मचारी भने पशुपति होटलको सभाहलमा तालिम लिईरहेका थिए । सरकारी कार्यालयमा तालाबन्दि हुदा प्रहरी भने मुकदर्शक बनेका छन । जग्गाधनीको माग समयमै सम्बोधन गरी रेल्वे लाईनको काम हुनु पर्ने उनीहरुको माग रहेको छ । रेल्वेलाईनमा परेको जमिनको कतै उचित मुल्याङन त कमै कम गरेर पक्षपात गरेको भनाई उनीहरुको रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here