काठमाडाै ।। मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई जितको लागि २०२ रनको लक्ष्यदिएको छ । एमसीसीले टस जितेर ब्याटिङ रोजेपछि नेपाल फिल्डिङको निम्तो पाएको थियो । स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले उत्कृष्ट प्रर्दशन गरेपछि विशाल लक्ष्यतर्फ लम्किइरहेको एमसीसी ४० ओभरमा अलआउट हुँदै २०१ रनमै समेटिएको हो ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीका लागि ओपनर विल रोड्स र बिलो गोडलम्यानले अर्थशतकसहित आक्रामक ब्याटिङ गरिरहेका थिए । तर, पवन र ललितको स्पिनमा अन्य खेलाडी भने खुलेर खेल्न सकेको थिएन । २७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई क्याच आउट गराएका थिए ।
५२ रन ल्याएर खेलिरहेका अर्का ओपनर ओपनर बिली गोडलम्यान ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गराए । यतिबेलासम्म उनले ६ चौका र २ छक्का हिर्काइसकेका थिए ।
पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गरेको थियो । पछि ललित नारायण राजवंशीले टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरेपछि एमसीसीको ओरालो यात्रा सुरु भयो ।
२८ औं ओभरको चौथो बलमा ३ चौका र २ छक्कासहित विल भानडरसपार अभिनासको बलमा आरिफ शेखबाट ३६ रनमा क्याच आउट भए ।
नेपालका दुई स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले समान ४ विकेट लिए भने तीब्र गतिका बलर अभिनास बोहोरा र करण केसीको नाममा समान १ विकेट रह्यो । यो खेलमा पारस खड्का र सन्दीप लामिछाने खेलेका छैनन् । नेपाली टीममा ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, शरद भेषावकर, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललितनारायण राजवंशी, बिक्रम सोब र अभिनाश बोहोरा छन्