काठमाडौं ।। सबै मानिसहरुले गोरो सुन्दर हुन चाहन्छ । आफु गोरो र सुन्दर भएको सबैको इच्छा हुन्छ । अहिले सौन्दर्यको मामलामा पुरुष भन्दा महिला बढि चिन्तित हुने हुन्छ । छालाले शरीरको पुरै भाग ढाकेको हुन्छ र गर्माीमा सूर्यको किरण तेजिले भएका हुनाले गर्दा शरिरको खुला भागमा कालो हुने , दाग हुने जस्ता विभिन्न प्रकारको समस्या आउने गर्दछ । धुलोले र धुवाँले गर्दा छालामा धेरै प्रकारको समस्या हुन सक्छ । धुलोले गर्दा छाला चिलाउने र घाउ हुदाँ दागसमेत रहेने सम्भावना हुन्छ । महिलाहरु आफु गोरो र सुन्दर देखिनको लागि धेरै मंहगो मंहगो कस्मेटिक साधनहरु प्रयोग गर्छ तर त्यो कस्मेटिकले महिलाहरुलाई निराश बनाइदिन्छ । । तर यस्ता केही खानेकुरा छन् जसले छालाको तन्तुमा नकारात्मक असर पर्दछ । यिनीहरुले छालालाई खराब गर्दछ र अनुहारको चमकमा कमी ल्याउँछ ।त्यसैले छालाको लागी पनि खानपिनमा बिशेष ध्यान दिनुपर्छ । बदाम प्याक मधेसी बदामका केही दानालाई रातभरि पानीमा भिजाउने । भोलिपल्ट बिहान बदामलाई पिसेर मसिनो बनाउने । त्यसमा थोरै दूध हालेर लेदो बनाउने । उक्त लेदोलाई अनुहारमा लगाएर १५ मिनेटजति पखाल्ने । यसले अनुहारको छालालाई पोषण प्राप्त भई छाला सुन्दर र चम्किलो हुन्छ । तुलसीको प्याक तुलसीको प्याक सूर्यको हानिकारक किरणबाट छालामा पर्ने नकरात्मक प्रभाव कम गर्न लाभदायक मानिन्छ । तुलसीको पातलाई राम्रोसँग पिसेर त्यसको लेदोलाई अनुहारमा दलेको केही बेरपछि मनतातो पानीले अनुहार पखाल्नु पर्छ । पुदिना प्याक पुदिनाका पातलाई टिपेर राम्रोसँग पिस्ने । त्यसपछि यस लेपमा बेसारको धुलोलाई मिसाउने । अनुहारलाई मनतातो पानीले धोएर त्यसमा पुदिनाको लेप लगाउने । करिब १५ मिनेटजति त्यत्तिकै राखेपछि चिसो पानीले अनुहार पखाल्दा ताजापन महसुस हुन्छ । काँक्रोको प्याक काँक्रो खाँदा स्वास्थ्यका लागि जति फाइदाजनक हुन्छ, यसको गुदी पनि त्यतिकै लाभदायक हुन्छ । काँक्रोको गुदी निकालेर लेदो बनाई अनुहारमा दलेर दस मिनेटजति त्यत्तिकै राखेर चिसो पानीले अनुहार पखाल्नु पर्छ । यसले पनि ताजापनको अनुभूती गराउनुका साथै छालामा चमक दिन्छ । गोलभेडा प्याक गोलभेडाको गुदीमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने । करिब १० मिनेटपछि त्यसलाई सफा पानीले पखाल्ने । यो प्याक तैलीय छालाका लागि उत्कृष्ट हुन्छ । सूर्यका हानिकारक किरणको असरस्वरूप छालामा देखा पर्ने सन बर्न र दागहरू हटाउन यो प्याकले सहयोग पुर्यालउँछ । केराको प्याक एउटा सिंगो केराको आधा भागमात्रै लिने र त्यसलाई एउटा कचौरामा हालेर राम्रोसँग मिच्ने । त्यसमा एक चम्चा मह र दुई चम्चा क्रिम हालेर राम्रोसँग फिट्ने । यस प्याकलाई अनुहारमा लगाएको १० मिनेटपछि चिसो कपडाले पुछ्ने । मेवाको प्याक प्रायः सबै फलफूलका प्याक अनुहारमा लगाउँदा फाइदाजनक हुन्छ । राम्रोसँग पाकेको मेवालाई पिसेर त्यसको लेपलाई अनुहारमा लगाउने । केही बेर राखेर सुकेपछि मन तातो पानीले अनुहार पखाल्ने । अन्डा प्याक अन्डाको सेतो भागमा आधा चम्चा कागतीको रस हालेर राम्रोसँग फिट्ने । यस लेपलाई अनुहारमा लगाएको २० मिनेटपछि सफा पानीले अनुहार पखाल्ने गर्नुपर्छ । जौको प्याक जौको पीठो र दही मिसाएर बनाइएको प्याकलाई अनुहारमा लगाउने । करिब आधा घन्टापछि मनतातो पानीले अनुहार पखाल्नाले छाला सुक्खा हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ । बेसन प्याक महलाई मनतातो बनाएर बेसनको पीठोमा मिसाउने । यो मि श्रणलाई अनुहारमा लगाएर २० मिनेटजति राखेपछि चिसो पानीले पखाल्ने । यी प्याकको प्रयोगबाहेक नियमित रूपमा छालालाई सफा पानीले पखाल्ने गर्नाले पनि छाला स्वस्थ हुन्छ । बजारमा पाइने जस्तो पायो त्यस्तै फेस वास लिएर प्रयोग गर्नु त्यति राम्रो हुँदैन । अनुहारमा रहेका मृत छाला हटाउन सातामा एकपटकजति स्क्रब प्रयोग गरेमा छाला सुन्दर र चम्किलो हुँदै जान्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here