मधेसि पहाडि भाई भाई नारा हामी लगाउछौ। लगाउनु पनि पर्छ। किनभने हामी सबै नेपाली नै छौ। तर केही अवसरवादी व्यक्ति व्यक्तिगत फाईदाको लागि मधेसि र पहाडि बीच द्वन्द्व ल्याएको देखिएको छ। तर जब जनता सजक हुन्छ। यस्तो किसिमको भेदभाव समाप्त हुनेछ। तर व्यक्ति व्यक्तिको भेदभाव मात्र समाप्त भएर हुदैन जहासम्म मलाई लागेको छ किनभने राज्यले पीडित समुदाय प्रतिको भेदभाव पनि समाप्त गर्नु पर्छ। नेपाल धर्मनिरपेक्ष राष्ट्र भए ता पनि हिन्दु बहुलता भएको देश हो । हिन्दु पछि बुद्ध र मुस्लिम धर्म पनि नेपालमा रहेकाछन ।र अरु धर्म पनि रहेकोछ। नेपालको प्रमुख धरोहर मधेस नै हो चाहे त्यो कृषि को हिसालबले चाहे कर बुझाउने हिसाबले चाहे जनसंख्याको हिसाबले। मधेसमा सम्पूर्ण नेपालको ५१ प्रतिशत जनसंख्या रहेकोछ। भन्नु पर्दा नेपालमा बहुमत मधेसीको नै देखिन्छ तर मधेसि नै विभेदको चपेटामा परेको देखिन्छ ।चाहे संवैधानिक विभेद चाहे कानुनि विभेद चाहे रंगभेद । यती हुदाहुदै राज्यले मधेसि समुदायको विदामा पनि विभेद गर्न सुरु गरेको छ। मैले एक पटक फोनमा सामाचार देखदा प्रदेश २ का गृहमन्त्री आफ्नो चाडपर्वको दिन एउटा सरकारी कार्यालयको अगाडि धर्ना बसेको देखे। प्रदेश न. २ का कानुन र गृहमन्त्री ज्ञानेन्द्र यादव नेपाल राष्ट बैंकमा ताला लगाई धर्नामा बसेको सामाचारमा देखदा निकै दुख लागयो। हिन्दुहरुमा मनाईने भाई बहिनीको महान पर्व रक्षाबन्धनको दिन केन्द्र सरकारले विदा नदिएको हुदा प्रदेश २ ले सो दिन विदा दिएकाे थियो । तर जिल्ला प्रशासन कार्यालयले प्रदेश २ को निर्णयलाई लतयाउदै कार्यालय खोलन लगाए। त्यस्तै ईस्लाम धर्मालवमबीहरुको महान चाड ईद उल फित्र र ईद उल अजहाँ का दिन केन्द्र सरकारले विदा नदिई विभेद गरेको कुरा यथावत नै देखिन्छ। त्यसमा पनि पर्वकै दिन परीक्षा राखि राज्यले मौलिक हकको उलंघन गरेको देखिन्छ। परीक्षा दिन जादा नमाज पढन जान नपाउदा धर्म सम्बन्धि अधिकार अभ्यास गर्नबाट बन्िचत हुने यदि नमाज पढन जाने हो भने शिक्षा सम्बन्धि अधिकार हन्न हुने देखिएको छ। त्यसतै हिन्दु धर्ममा पनि होलि, रक्षाबन्धन र सबै भन्दा महान पर्व छठमा पनि सरकार र राज्यले विभेद गरेको देखिन्छ । दुई दिन मनाईने छठमा सरकार ले एक दिन मात्र विदा दिई विभेद गरेको देखिनछ। दुई दिन मनाईने छठमा दुबै दिन भग्वान सूर्य( छठि माता) लाई एक दिन साझको बेला अरघ दिईन्छ भने त्यसको भोलि पल्ट विहानै पनि अरघ दिईन्छ। तर राज्यले एक दिन विदा दिएको कुरा यथार्थ नै रहेको छ।५१ प्रतिशत मनाईने पर्वमा विदा नदिने तर पहाडि समुदायमा २/३ प्रतिशत मनाईने पर्वमा पनि विदा दिने गरेको देखिन्छ। म अरु समुदायलाई विदा किन दिईएको हो भन्ने प्रश्न उठाउन खोजेको होईन। मात्र मैले बुझाउन खोजेको हो कि विभेद यहि हो । पहाडि समुदायको सना भन्दा साना पर्वमा विदा दिने जस्तै भर्खरै गृहमन्त्रालयको प्रेस विज्ञप्ति अनुसार नामै नसुनेको किजा पूजा १३ गते विदा हुने तर मधेसि समुदायको महान पर्व रक्षाबन्धन , छठ , ईदउलफत्र जस्ता पर्वमा विदा नदिई राज्यले विभेद गरेको प्रत्यक्ष रुपमा देखिएकोछ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here