दाङ ।। सयुक्त राज्य अमेरिकाले सन् २०२१ का लागी खुला गरेको अमेरिकी डाइभर्सिटी भिसा (डीभि) भर्नका लागी राहदानी नम्बर, म्याद र ईमेल ठेगाना अनिवार्य गरे पछि दाङमा अहिले राहदानी बनाउनेकोे संख्या बढेको छ । दुतावासले डिभि भर्न राहदानी अनिवार्य गरेपछि दाङमा डिभि भर्नेको संख्या गत वर्षको तुलनामा यस वर्ष बढेको छ । राहादानीका लागि जिल्ला प्रशासन, ईलाका प्रशासन कार्यालयमा आवेदन दिन थालेका छन् । डिभि भर्नका लागी राहदानी नम्वर, राहदानीको म्याद अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधान छ । जसले गर्दा अहिले डिभि भर्नेको संख्या भन्दा राहदानी लिनेको संख्यामा बृद्धि भएको सम्वन्धित कार्यालयले जनाएको छ । यता ईलाका प्रशासन कार्यालय तुलसीपुरमा राहदानी लिनेको दिनहु भिड लाग्ने गरेको कार्यालय जनाएको छ । कार्यालयका सुचना अधिकारी यादव भुसालका अनुसार राहदानी सेवा लिनेको संख्या ह्वात्तै बढेपछि कार्यालयमा भ्याईनभ्याई छ । अन्य समयमा राहदानी लिनेको संख्या दैनिक सरदर १५÷२० जना हुने गरेकोमा अहिले दैनिक एक सय भन्दा बढी छ । यस्तै जिल्ला प्रशासन कार्यालय दाङमा पनि राहदानी लिनेको संख्यामा तेब्वरले बृद्धि भएको कार्यालयका राहदानी प्रमुख नवराज शर्माले जानकारी दिनुभयो । अन्य समयमा कार्यालयमा राहदानी लिनेको संख्या दैनिक सरदर २० जना रहेकोमा अहिले दैनिक ५०÷६० जना संख्या रहेको उहाले बताउनुभयो । उता ईलाका प्रशासन कार्यालय लमहीमा पनि राहदानी लिनेको संख्यामा बृद्धि भएको छ ।
डिभि भर्नका लागि दाङमा राहदानी बनाउनेको सङ्ख्या बढे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।