बारा ।। बारा जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले बाराको करैयामाई गाउँपालिकाका ४३ जनालाई विद्युत चोरेको भन्दै नियन्त्रणमा लिएको छ । गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७ र ८ स्थित हरैया, ठुलो लौटन, सहजैली, मधुबन, तेतरीया, सिसुवा, ठोरीयाही, बोधबन लगायतका स्थानबाट विधुत चोरि गर्ने कार्यमा संलग्न ४३ जनालाई पक्राउ गरेको हो । गाँउमा अवैध रुपमा विद्युत चुहावट गर्ने कार्यमा संलग्न रहेका ४३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रन्जीतसिंह राठोरले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।