बारा ।। बारा जिल्ला प्रहरी कार्यलय बाराले भन्सार छलेर ल्याउँदै गरेको चिनि सहित २ जनालाई पक्राउ गरेको छ । कलैया उप महानगरपालिका २५ बस्ने दिनेश पाण्डे र रमेश तिवारीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याएको चिनि लुकाएर राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । गोप्य सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले झन्डै १७ क्विन्टल अर्थात् १ लाख ५० हजार मूल्य बराबरको चिनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विकाशराज खनालले बताउनुभयो । प्रहरीले अवैध चिनि, बोरा सिलाउने मेसिन थान १ र विभिन्न चिनि उत्पादन कम्पनिको नाम उल्लेखित खाली बोरा २ सय थान बरामद गरेको जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here