रोल्पा ।। रोल्पा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयहरुको सूचना अधिकारीहरुको नियमित बैठक जिल्ला प्रशासन कार्यालय रोल्पामा सम्पन्न भएको छ । बैठकमा प्रत्येक कार्यालयको प्रगति विवरण प्रस्तुत गरिएको छ । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी नवराज शर्माले कार्यालयहरुका सूचना अधिकारीहरुको नियमित बैठकलाई प्रभावकारी बनाउन सबै कार्यालयका सूचना अधिकारी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले बैठकमा उपस्थित भएका सूचना अधिकारीहरुलाई आगामी महिनाको बैठकमा उपस्थितिका लागि अनुरोध समेत गर्नुभयो । बैठकमा अनुपस्थित कार्यालयका सूचना अधिकारीहरुलाई आगामी बैठकमा उपस्थितका लागि सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन समेत गर्ने उहाँले दिनुभयोय । उहाँले रोल्पा अस्पतालमा हालसम्म मिटर बक्सको व्यवस्थापन नहुँदा सेवामा उत्पन्न समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय रोल्पाले विद्युत कार्यालयसँग आवश्यक पहल गर्ने बताउनुभयो । बैठकमा विभिन्न कार्यालयका सूचना अधिकारीहरुले आ–आफ्नो कार्यालयमा भइरहेको काम र त्यसको उपलब्धी सहितका विषयमा जानकारी गराएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here