कपिलवस्तु ।। भारतको सशस्त्र सीमा सुरक्षा बलले हिजो साँझ एक जना नेपालीलाई अपहरणशैलीमा भारत तर्फ लगेका छन् । जिल्लाको मायादेवी गाउँपालिका – १ पकडी चौराहाबाट ६ जनाको संख्यामा आएको भारतीय प्रहरीको टोलीले गाउपालिका – ४ का ४० वर्षका रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पियो गाडिमा भारत तर्फ लगेको प्रत्यक्षदर्शीले बताए । रमजानलाई लवनीको बाटो हँुदै हथिहवा दोहनी हँुदै भारतीय बजार भगवानपुर तर्फ लगिएको प्रत्यक्षदर्शीले बताएका छन् । रमजालई के कारणले लगिएको हो भन्ने विषय स्पष्ट हुन सकेको छैन । प्रहरी नायब उपरिक्षक सुनिल मल्लले भारतमा गरिएको १० लाख चोरीको मुद्दामा रमजानलाई पक्राउ गरेर लगिएका घटना सुनिएको बताउनुभयो । विगत चार दिनदेखि भारतीय प्रहरीको टोली तौलिहवा स्थित होटल शंकरमा बस्दै आएका थिए । स्थानीयका अनुसार रमजानलाई बिगत दुई वर्षदेखि भारतीय प्रहरीले पक्राउ गर्न खोजेको थियो । त्यसकालागि पटक पकट भारीय प्रहरी अभिराव र आसपासका गाउँ समेत आउने गरेको थियो । घटना विषयमा बुुझ्ने काम भइरहेको प्रहरी नायब उपरिक्षक मल्ले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here