काठमाडाैं ।। राष्ट्रिय जनगणना २०७८ को नमूना जनगणना आगामी माघ १ गतेदेखि सुरू हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जनाएको हो । सही तथ्याङ्क ल्याउने उद्देश्यका साथ नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सुरू गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । नमूना जनगणनाका लागि सुपरिवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी एक सय २२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ । सुपरिवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको पनि विभागका निर्देशक लामिछानेले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।